समाचार

सहकारी के हो ? किन छ यसको महत्व ? (७ अन्तर्राष्ट्रिय सिद्धान्तसहित)

Share

सहकार्य भन्नाले आपसमा मिलेर गरिने कामलाई जनाउँछ । ’एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो । समाजशास्त्रीको नजरमा सहकारिता सामाजिक उत्पिडनबाट मुक्ति प्राप्त गर्ने साधन हो भने प्राविधिक रुपमा यसलाई एउटा व्याबसायिक कौशलको रुपमा लिइएको छ । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ भनी यसको वारेमा विभिन्न विद्वानहरुले आ–आफ्नो धारणहरु व्यक्त गरेका छन् । हेनरि काल्भर्टका अनुसार, ‘सहकारी संगठनको त्यो रुप हो जसमा व्यक्तिहरु स्वेच्छाले आफ्ना हितको कुराहरु सुधारका लागि समानताको आधारमा एकसाथ मिलिजुली काम गर्दछन् ।’
अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले सहकारीको परिभाषा यसरी दिएको छ–‘सहकारी सामान्यतः सीमित साधन भएका व्यक्तिहरुको एक संगठन हो जो प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यावसायिक संगठनको माध्यमद्धारा आवश्यक पूँजी लगाएर र व्यबसायको जोखिम तथा लाभको उचित हिस्सा स्वीकार गरेर साझा आर्थिक साध्य प्राप्त गर्न भेला हुन्छन् ।’
नेपालको सहकारी ऐन २०४८ को प्रस्तावनामा उल्लेख भए अनुसार, ‘देशका कृषक, कालिगढ, कम पूँजीवाल र निम्न आयवर्ग, श्रमिक, भूमीहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकाशको लागि पारस्पारिक सहयोग र सहकारीताको आधारमा विभिन्न किसिमका सहकारी संस्था तथा संघहरुको गठन र संचालन सम्बन्धी व्यबस्था गर्न वाञ्छनीय भएकोले  ऐन बनाएको छ । उपरोक्त अर्थ तथा परिभाषाको आधारमा समान इच्छा, आकांक्षा र अवस्था भएका व्यक्तिहरुबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्धारा आर्थिक तथा सामाजिक उथ्थानको निमित्त एकताबद्ध प्रयास नै सहकारी हो ।

सहकारीको इतिहास 
मानव सभ्यताको शुरुवात सँगै समूहमा बस्ने, सामूहिक रुपमा काम गर्ने र सुख दुःखमा एक अर्कालाई सहयोग गर्ने परिपाटीबाट सहकारीताको भावना प्रकट भएको पाईन्छ । विवाह, ब्रतवन्ध, काजक्रिया आदि धार्मिक कार्य सम्पन्न गर्न समाजका सवै सदस्यहरु सम्मिलित भई सह कार्य गर्ने परम्परा अझै कायम रहिआएको छ । सहकारी आन्दोलनको शुरुवात फ्रान्स, बेलायत, जर्मनी आदि देशबाट शुरु भएको पाईन्छ । सन् १४९८ मा बेलायतको एबर्दिनमा स्थापना भएको दि शोर पोर्टर्स सोसाइटी नामक संस्थालाई विश्वको पहिलो सहकारी संस्थाको रुपमा लिइएको पाईन्छ । सहकारीको विकाश सँगै बेलायतमा सन् १८३२ मा स्थापित लकहस्र्ट लेन इन्डष्ट्रियल कोअपरेटिभ सोसाइटी र १८३९ मा स्थापित ग्यालासिल्स एण्ड हावीक कोअपरेटिभ सोसाइटी हाल सम्म पनि संचालनमा छन् । यी दुवै सहकारीको नाम भने परिवर्तन भई हल क्रमशः हर्ट अफ इंग्लेण्ड कोअपरेटिभ सोसाइटी र लोथिएन बोडर्स एण्ड आर्गस कोअपरेटिभ सोसाइटी रहेका छन् ।
रोबर्ट ओवेनलाई सहकारी आन्दोलनका पिता भनिन्छ उनी कपास व्यापारी थिए र उनले आफ्नो व्यापारमा संलग्न कर्मचारीहरु र तीनका बालबच्चाहरुलाई शिक्षा सहितको राम्रो वातावरण दिनुपर्ने विचार अघि सारे र त्यसै अनुरुप न्यू लनार्क स्कटल्याण्डको कटन मिलमा संसारकै पहिलो कोअपरेटिभ स्टोर खोले । पछि विलियम किङले पनि रोबर्ट ओवेनको विचारलाई निरन्तरता दिई सहकारीमा विभिन्न नियमहरु बसाले । सन् १८४४ मा बेलायतमा रोच्डाल सोसाइटी या इक्वाइटेबल पाइओनियरर्स नामक सहकारी संस्था स्थापना भयो । यसले रोच्डाल प्रिन्सिपल निर्माण गरी सहकारी आन्दोलनलाई स्थापित गर्यो । त्यसै गरी जर्मनीमा रेफेइसनले बचत तथा ऋण सहकारी संस्था स्थापना गरी ग्रामिण जनतालाई शोषणबाट मुक्त गराए । उनलाई आजसम्म पनि विश्वभर बचत तथा ऋण सहकारी संस्थाका पिता भनिन्छ ।

नेपालमा सहकारी संस्थाको विकाशक्रमलाई र्हेर्ने हो भने वि.सं. २०१० सालमा योजना विकाश तथा कृषि मन्त्रालय अर्न्तर्गत सहकारी विभाग गठन गरी सहकारीको संस्थागत विकाशको थालनी भएको पाईन्छ । तात्कालिन नेपाल सरकारले २०१३ सालमा ‘सहकारी गठन, दर्ता र संचालन आदेश“ जारी गरेको र सोही कानूनको आधारमा चितवन जिल्लामा नेपालकै पहिलो सहकारी संस्था बखानपुर सहकारी संस्था दर्ता भई संचालन भएको थियो । वि.सं. २०१६ सालमा सहकारी ऐन २०१६ तर्जुमा भई भइ सहकारीको स्थापना र संचालन सम्बन्धी नियम तर्जुमा भएको थियो । तत्कालिन राजनैतिक अस्थिरताको कारण सोचे अनुरुप सहकारीको संस्थागत विकाश हुन सकेन । पछि २०४१ सालमा आएर सहकारी ऐन २०१६ खारेज गरी साझा संस्था ऐन २०४१ जारी गरियो । जस अनुरुप कम्तिमा १५  जना सदस्य भएको औधोगिक साझा संस्था र कम्तिमा २५ जना सदस्य भएको अन्य साझा संस्था गठन गर्न सकिने व्यबस्था थियो भने ५ वटा संस्थाहरु सदस्य भएको जिल्ला साझा संघ र कम्तिमा १५ वटा जिल्ला साझा संघहरु सदस्य भएको राष्ट्रिय साझा संघ गठन गर्न सकिने प्रावधान थियो । साझा संस्था ऐन २०४१ लाई खारेज गरी वि.सं. २०४९ साल जेष्ठ २ गते सहकारी ऐन २०४८ जारी गरियो जुन ऐन बर्तमान अवस्थामा सहकारीको संस्थागत विकास गर्न क्रियाशील रहि आएको छ । हाल सहकारी ऐन २०४८ तथा सहकारी नियमावली २०४९ को अनुशरण गर्दै देशभर बचत तथा ऋण र अन्य गरी हजारौँ सहकारी संस्था खुलेका छन् । यिनिहरुले अर्थतन्त्रमा खरबौको रकम परिचालन गरिरहेका छन् । यसरी थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझैं सहकारीको माध्यमबाट समान उद्देश्य भएका व्यक्तिहरुको संगठित समूह गठन गरी थोरै–थोरै बचत संकलनबाट बृहत कोष खडा गरी समूह भित्रकै सदस्यहरुलाई सहुलियत व्याजदरमा कर्जा प्रदान गरी उद्यमी बन्न तथा व्यक्तिलाई आइपर्ने साना ठूला गर्जो र्टार्न सहकारी राम्रो माध्यम बनेको छ । यसै तथ्यलाई आत्मसाथ गरी नेपाल सरकारले अर्थतन्त्रका तिन खम्बे नीति अन्तर्गत सहकारीलाई प्रमूख एक खम्बा मानी यसको महत्वलाई पुष्टि गरेको छ ।

सहकारीका अन्तराष्ट्रिय सिद्धान्तहरुः
सहकारी संस्थाहरु स्वावलम्बन, स्व–उत्तरदायी, प्रजातान्त्रिक, समानता न्याय र ऐक्यवद्धताका मूल्यहरुमा आधारित छन् । आफ्ना संस्थापकहरुको परम्परामा सहकारी संस्थाका सदस्यहरुले इमान्दारिता, खुलापन, सामाजिक दायित्व र अरुको चासो राख्ने नैतिक मूल्यहरुमा विश्वास राख्दछन् । सहकारीका मूल्य मान्यताहरुलाई कार्यरुपमा उतार्न यसका सिद्धान्तहरुले मार्गदर्शन गरिरहेका छन् ।

१. स्वैच्छिक तथा खुला सदस्यता 
सहकारी संस्था एक स्वच्छिक संगठन भएकोले यसको यसको सदस्यता पनि स्वेच्छिक हुन्छ । जुनसुकै जाति, धर्म र भेषभुषाका मानिसहरुले सहकारीको सदस्यता लिन र आफूलाई मन नपरेमा सदस्यता त्याग्न सक्छन । संस्थाको सेवा उपभोग गर्न र जिम्मेवारी वहन गर्न इच्छुक जो सुकै व्यक्तिहरुले विना भेदभाव सदस्यता प्राप्त गर्न सक्दछन् । यसको सदस्यता सदैव खुल्ला हुन्छ ।

२. सदस्यद्धारा प्रजातान्त्रिक नियन्त्रण 
यस सिद्धान्त अनुसार सहकारी संस्थाहरुमा सदस्यहरुद्धारा सदस्यकै लागि प्रजातान्त्रिक नियन्त्रण पद्धति अपनाईन्छ । सदस्यहरु मध्ये बाटै प्रजातान्त्रिक पद्धतिद्धारा कार्य समिति तथा उप समितिका सदस्यहरु बहुमत सदस्यको स्वीकृतिमा नीति निर्र्णातय गरी लागू गरिन्छ र्। एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्त अर्न्तर्गत सञ्चालन हुने प्रारम्भिक सहकारी संस्थाहरुमा एक व्यक्ति एक मतको अधारमा समान मताधिकार हुन्छ ।

३. सदस्यको आर्थिक सहभागिता 
यस सिद्धान्त अनुसार सहकारी संस्थामा सदस्यहरु आफ्नो लगानीको आधारमा न्यायिक रुपमा आर्थिक सहभागिता जनाउँछन् । संस्था नाफामा गएमा सदस्यहरुले नाफाको केही अंश संरक्षित पूँजीकोषको रुपमा सिमित बचत फिर्ता पाउँछन् र संस्थामा रहेको सम्पत्ति सवैको साझा हुन्छ । सहकारी संस्था सेवामूलक व्यबसाय भएकोले यसबाट आर्जित मुनाफालाई सदस्यहरुकै हित अर्थात संस्थामा जगेडा कोष खडा गर्न, ऋण सुरक्षण कोष स्थापना गर्न, संस्थाको विकास गर्न, सदस्यहरुलाई राहत दिन र सदस्यहरुद्धारा स्वीकृत विभिन्न कार्यक्रमहरुमा खर्च गर्ने ब्यबस्था गरिन्छ ।

४. स्वायत्तता र आत्मनिर्भरता 
सहकारी संस्था एक स्वायत्त निकाय भएकोले प्रचलित सहकारी ऐन, नियम तथा कानुन सँग नबाझिने गरी यसको सञ्चालन, सर्म्वर्द्धन गर्न आफ्नो नीति तथा कार्यक्रम आफै बनाउन र लागू गर्न सक्छ । यो एक आत्मनिर्भर संस्था भएको कारण पूँजी संकलन तथा लगानी गर्दा पारदर्शि तथा न्यूनतम आर्जनदर कायम गरी आत्मनिर्भर बन्न सक्दछ ।

५. शिक्षा, तालिम र सूचना 
सहकारी संस्था प्रभावकारी रुपमा सञ्चालन गर्न र आफ्ना सदस्यहरुलाई सुसुचित गराउन विभिन्न खालका शिक्षा तथा तालिम कार्यक्रमको आयोजना गरी संस्थाका पदाधिकारी एवं सदस्यहरुलाई संस्था सञ्चालन गर्न योग्य बनाउछ । सहकारीको सञ्चालन, लाभ तथा विकासको वारेमा सदस्यहरुलाई सूचना प्रदान गरी चेतना जगाउने कार्य गर्दछन् ।

६.सहकारी संस्थाहरुका वीच सहयोग 
यस सिद्धान्त बमोजिम सहकारी संस्थाहरु वीच आपसमा सहयोगहरु आदान प्रदान गरी स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा संचालन हुन्छन् । विभिन्न अन्तरक्रिया कार्यक्रमहरु, सामाजिक उन्नतीका साझा कार्यक्रमहरु आयोजना गरी आफ्ना सदस्यहरु र स्थानिय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संरचनामा सहभागि भई सहकारी आन्दोलनलाई र्मूतरुप दिन योगदान पु(याउछन् ।

७. समूदाय प्रति चासो 
यस सिद्धान्त बमोजिम सहकारी संस्थाहरुले आफ्ना समूदाय प्रंति र्पूण चासो राख्दछन् । समूदायका सदस्यहरु सम्मिलित भई समूदायकै सदस्यको हीतको निमित्त संचालित संस्था भएकोले समाजको विकास, विस्तार र चेतना अभिवृद्धि आदि कार्यहरुमा सहभागि भई समूदायको दिगो विकास गर्न लागि पर्दछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *