Type to search

सूचना/समाचार

पृष्ठभूमि

श्री गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि.भेरीगंगा–१२, छिन्चु सुर्खेतको सुरुवात, ग्रामिण स्वावलम्बन विकास केन्द्र (RSDC) को उत्प्रेरणामा वि.सं. २०५० साल आश्विन महिनाको २३ गतेका दिन तत्कालिन छिन्चु गा.वि.स. वडा नं. ९ झिलमिलेका केहि उत्साही सक्रिय र सचेत ब्यक्तिहरुद्वारा पिपलडाँडा आय आर्जन समूह गठन गरि गरिएको थियो । उक्त आय आर्जन समूहको मासिक रुपमा बैठक बसी सामुहिक समस्याहरुको बारेमा छलफल गर्ने, मासिक रु. ५। समूहमा बचत जम्मा गर्ने गरियो । केही समय पछि समूहहरुको बिस्तार गरी पाँच वटा आय आर्जन समूह बनाइयो । पाँच बर्ष पछि ५ वटा समूहका ३१ जना सदस्यहरु मिलि RSDC को सहयोगमा वि.सं. २०५५ साल पौष २ गतेका दिन सहकारी ऐन २०४८ अनुसार डिभिजन सहकारी कार्यालय सुर्खेतमा बिधिवत रुपमा दर्ता गरी यस सहकारी संस्थाको स्थापना गरिएको हो । यस सहकारी संस्थाले लिंक/हेल्भेटास, लिलि/हेल्भेटास, सहकार्य परियोजना र किसान २ परियोजना जस्ता विकासे सहयोगी संस्थाहरुसंग सहकार्य गरि कार्यक्षेत्रभित्र रहेका विपन्न किसानहरुको जिवनस्तर उकास्न बेमौसमि तरकारी खेती, पशुपालन तथा साना सिंचाईमा सहयोग गरेको थियो साथै डन्बस्को इन्स्टीच्यूट अफ स्किल डेभलपमेन्ट प्रा.लि. काठमाण्डौसंग समन्वय गरि सिलाई कटाई, व्यूटीपार्लर, सेक्युरिटी गार्ड, हाउस वायरिङ्ग, मोबाईल रिपेरिङ्ग, कारपेन्टर र मेसन जस्ता सीप विकास तालिमहरु पनि सन्चालन गरि सकेको छ । यस संस्थाले सुर्खेत जिल्लाको पूर्वि क्षेत्र भेरीगंगा न.पा., गुर्भाकोट न.पा. र लेकवेशी न.पा. भित्रका आफ्ना शेयर सदस्यहरुलाई वित्तिय क्षेत्र, कृषि तथा पशुपालन क्षेत्र, सीप विकासको क्षेत्र र समाज सुधारको क्षेत्रमा विभिन्न सेवाहरु प्रदान गर्दै आईरहेको छ । जस्ले गर्दा सदस्यको जीवनस्तर वृद्धि हुनुको साथै गरिबी निवारणको कार्यमा ठुलो सहयोग पुगेको छ ।