छरिएर रहेको पूंजिलाई एकीकृत गर्दै “एकका लागि सबै र सबैका लागि एक” भन्ने सहकारीको मूल मर्म अनुसार गरिव तथा पिछडिएका वर्गको आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय विकास गरि जीवनस्तर परिबर्तन गर्दै सदस्य, समूदाय र राष्ट्रको उन्नतीका लागि स्वावलम्बी समाज निर्माण गर्न योगदान गर्दै समाजवाद उन्मूख अर्थतन्त्र निर्माण गर्ने महत्वपूर्ण प्रकृयाका रुपमा परिभाषित र प्रमाणित अन्तर्राष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्तको ब्यबहारिक प्रयोग अपरिहार्य छ ।
यस गंगामाला सहकारी संस्थाको वृद्धि विकासमा नेतृत्व लगायत शेयर सदस्य तथा कर्मचारीहरुको ठुलो योगदान रहेको छ । फलस्वरुप संस्था दिन प्रतिदिन सफलताको शिखरमा चड्दै गरेको छ । यस संस्थाका प्रमुख बिषेशताका रुपमा एकता, सहभागिता, मितब्ययिता, लगनशिलता, पारदर्शीता, नीतिगत सर्बोच्चता र सुशासन जस्ता कुराहरुलाई कडाईका साथ अबलम्बन गरिदै आएको छ । जस्का कारण यो संस्थाले दिनानुदिन समुदायको बिश्वसनियतामा बृद्धि गर्दै अगाडि बढिरहेको छ र संस्था यस क्षेत्रकै उत्कृष्ठ र आशाको केन्द्र बन्न सफल भएको छ । अब संस्थाले प्रोवेशन ब्राण्ड समेत पाउन अन्तिम चरणमा पुगेको छ ।
मुलुकको नयां संबिधान मार्फत सहकारी क्षेत्रलाई संबोधन गर्दै राज्यको तीन खम्बे अर्थनीतिको एउटा मुख्य खम्बाको रुपमा अंगिकार गरिसकेको र नयां संबिधानको प्रश्ताबनामा उल्लेख भएअनुसार समाजबाद प्रति प्रतिबद्ध भै समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष अन्तरगत हाल सहकारी संस्थालाई समाजवादी ब्यबस्थाको भूर्णका रुपमा स्वीकार गर्न थालिएको छ । त्यसैले अब सहकारी संस्थाहरुले उद्योग ब्यबसायको स्थापना गर्ने र उत्पादनमा जोड दिनुपर्ने देखिन्छ । अबका दिनहरुमा सहकारी संस्थाहरुको संख्यात्कम विकास मात्र भन्दा गुणात्मक विकासमा जोड दिनुपर्ने आबश्यकता भैसकेको छ । नयां संबिधानले स्थानिय तहलाई सहकारीको विकास र प्रबद्र्धन गर्न बिशेष अधिकार दिएकाले स्थानिय तहले बिज्ञहरुको रायपरामर्शमा स्थानिय नीति तथा ऐन, कानुनको व्यवस्था गरि सहकारीको गुणात्मक विकास गर्न अझ महत्वपूर्ण योगदान दिनसक्ने देखिन्छ । जस्का कारण मुलुकले चाहेको समृद्ध नेपाल, सुखी नेपालीको चाहाना पुरा हुन सक्छ।धन्यवाद!
यज्ञप्रसाद ढकाल
अध्यक्ष
गंगामाला सहकारी संस्था लि.
सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त, मुल्य मान्यता, सहकारी नीति, सहकारी ऐन, नियमावली, मापदण्ड, समय समयमा सहकारी विभाग र प्रदेश रजिष्ट्रारको कार्यालयले जारी गरेका निर्देशन, संस्थाको विनियम, नीति तथा कार्यबिधिहरुको परिधिभित्र रहि संस्थाको परिकल्पना पूरा गर्नका लागि सदस्य ज्यूहरुबाट रचनात्मक सुझाबहरुको अपेक्षा गरेका छौं । समय सापेक्ष परिबर्तित सदस्यका चाहानाहरुलाई मध्यनजर गर्दै संस्थाको व्यवस्थापनलाई चुस्त दुरुस्त बनाई संस्थामा नविनतम् प्रबिधिको उच्चतम् प्रयोगलाई विशेष ध्यान दिइने छ । सदस्य ज्यूहरुलाई गुणस्तरिय सेवा प्रवाह गर्न संस्थामा सदस्य हेरचाह निर्देशिका २०७१ तयार पारि लागु गरिएको छ र समय सापेक्ष संशोधन गरि निरन्तरता दिइनेछ ।
संस्थामा पूर्ण रुपमा शुसासन कायम गरिनुका साथै सूचना सम्बन्धि हकलाई आत्मसाथ गर्दै पारदर्सिता कायम गरिएको छ । सदस्यहरुका वित्तिय विवरणहरु गोप्य राख्न हामी सदैव सजग छौं । वित्तिय बजारमा सदस्यहरुको ईच्छा तथा चाहानाको ख्याल गर्दै छिटो, सरल र गुणस्तरिय सेवा प्रवाह गर्न हामी सधै तप्पर रहने छौं साथै संस्थाले प्रवाह गर्ने सेवाहरुमा आफ्नो पंहुच बढाउन सदस्य ज्यूहरुलाई अनुरोध गर्दछौं । अन्तमा स्थापनाकाल देखि हालसम्म यस संस्थाको वृद्धि विकासमा प्रत्यक्ष वा परोक्ष सहयोग गर्नुहुने सम्पूर्णमा आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा सहित गंगामाला साकोस व्यवस्थापन पक्षबाट हार्दिक आभार प्रकट गर्दै निरन्तर यहांहरुको सेवामा समर्पित हुने प्रतिवद्धता जाहेर गर्दछौं। धन्यवाद!
हिरालाल घर्ती
व्यवस्थापक
गंगामाला सहकारी संस्था लि.
Loan Amount | |
Interest Rate | |
Loan Period (in month) | |
मुख्य कार्यालय
भेरीगंगा-१२, छिञ्चु, सुर्खेत
कर्णाली प्रदेश, नेपाल
फोन नं.:०८३ ५४०२७७, फ्याक्स नं.: ०८३ ५४००१७
मोबाइल नं.: ९८४८०४०१९०, ९८५८०५१४९०
ईमेल: hiralal964@gmail.com
मोबाइल नं.: ९८४८१३०९६४